Breaking- भारतमा यसरी रेल पल्टियो, उद्धार जारी


भारतमा पश्चिम बंगालको जलपाईगुडीमा रेल दुर्घटना भएको छ । दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको हो । मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार बिहीबार साँझ करिब पाँच बजे उक्त दुर्घटना भएको बताइएको छ । रेल राजस्थानको बीकानेरदेखि गुवाहाटी जाँदै थियो । अहिले उद्धारको कार्य भइरहेको छ ।दुर्घटना सम्बन्धी पूर्ण विवरण आइसकेको छैन ।

प्रत्यक्षदर्शीहरुले दुर्घटनाको प्रकृति हेर्दा दर्जनौँ व्यक्तिहरुको मृत्यु भएको हुनसक्ने बताएका छन् । सुरक्षाकर्मी र स्थानीयहरु उद्धारमा खटेका हुन् । दुर्घटनालगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई टेलिफोन गरेर दुर्घटनाबारे बुझेका छन् ।

रेलमा करिब १ हजार २०० यात्रु सवार रहेको बताइएको छ । घाइते अवस्थामा रहेका १५ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । रेल दुर्घटनाको थप विवरण आउँन बाँकी ।

प्रकाशित : २०७८ पुष २९, बिहीबार १९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ