नेपाली दूतावासले भन्यो- ठगी बढ्यो, बढी कमाउने लोभमा भागेर काम नगर्नुस्


दोहा । साउदी अरबमा राम्रो रोजगारी पाइने आसमा भैरहेको काम नछोड्न र राम्रो काम दिलाइदिने नाममा ठगहरुको प्रलोभनमा नपर्न त्यहाँस्थित नेपाली दूतावासले नेपालीहरुलाई सचेत गराएको छ।

दूतावासले बिहीवार एक सूचना जारी गर्दै साउदी अरबमा लामो समयदेखि बस्दै आएका केही नेपालीहरुले छद्म नाम परिचयबाट र फेरिरहने टेलिफोनबाट सिधासादा नेपाली कामदारलाई सम्पर्क गरी ठग्ने गरेका गुनासाहरु प्राप्त भएको जनाएको छ ।

खासगरी नेपाली ठगहरुले नेपाली श्रमिकहरुलाई उनीहरुले खाइपाइ आएको तलव भत्ताभन्दा बढी दिने बहानामा भइरहेको रोजगारी छाड्न प्रेरित गर्ने र गैर कानूनी हिसाबले काममा लगाउने गरेको पाएको प्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समयमा कामदारलाई भगाउने र कामदार भाग्ने क्रम बढेकाले यस प्रकारको निन्दनीय काम नगर्न नगराउन समेत दूतावासले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

यस्तो क्रियाकलापबाट साउदी अरबमा रहेका रोजगारदाता कम्पनीहरुले नेपालीहरुलाई हेर्ने दृष्टिकोणमा शंका र अविश्वासहरु बढ्दै गएको पाइएको उल्लेख गर्दै एउटा कम्पनीको ईकामा लिएर भाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कामदारलाई सचेत गराउन साउदी अधिकारीहरुले पनि दूतावासलाई अनुरोध गरेको जनाएको छ।

प्रकाशित : २०७८ माघ १, शनिबार १५:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ