धुमधामसंग भयो कटरिना-विकीको विवाह, सलमानको अपमान !


बलिउड अभिनेत्री कटरिना कैफले अभिनेता विकी कौशलसँग धुमधामका साथ विवाह गरिन् । विवाहको तस्वीर अहिले सामाजिक सञ्जालमा आइरहेका छन् ।

उनीहरुको विवाह भइरहँदा त्यो विवाहमा सलमान खान परिवारको उपस्थितिलाई लिएर सबैको चासो थियो अर्थात् सलमान खानको परिवार जान्छन् या जाँदैनन् भन्ने प्रश्न फ्यान र फिल्मकर्मीमाझ उठेको थियो ।

यो प्रश्नको उत्तर अहिले सलमानका ज्वाइँ आयुष शर्माले दिएका छन् । आयुषका अनुसार सलमान र परिवारलाई कटरिनाले विवाहको निम्तो दिएकी थिइनन् ।

एक पत्रिकासँग आयुषले भनेका छन्, ‘कटरिना कैफ र हामीबीच राम्रो सम्बन्ध छ र हामी सबैजना उनको नयाँ जिन्दगीको लागि शुभकामना दिन्छौं । उनी आफ्नो विवाह नजिकका मान्छेबीच गर्न चाहन्थिइन् । यसमा ठूलो कुरा होइन । तर एउटा कुरा के हो भने खान परिवारलाई निम्तो आएको थिएन ।’

आयुषले कटरिना खान परिवारका लागि जहिल्यै एक सदस्यको रुपमा रहेको दाबी पनि गरेका छन् ।

प्रकाशित : २०७८ माघ १, शनिबार १५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ