सिरहाका एक मजदुरको कुवेतमा मृत्यू !


लहान । रोजगारीका लागि कुवेत पुगेका एक नेपाली युवकको मृत्यु भएको छ । सिराहा घर भएका रमेश मण्डल आफ्नै कोठामा मृत फेला परेका हुन् ।

मण्डल आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । कुवेतस्थित अल जाहारा क्लिनिङ कम्पनीमा क्लिनरका रूपमा कार्यरत मण्डल थिए ।

विगत दुई वर्षअघि त्यहाँ पुगेका मण्डल कोठाभित्र झु-न्डिएको अवस्थामा देखेपछि साथीहरुले कुवेत प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

मृतकको शवलाई कम्पनी तथा उनको परिवारसँग समन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी जतिसक्दो चाँडो नेपाली पठाइने दूतावासले जनाएको छ ।

प्रकाशित : २०७८ माघ ६, बिहीबार १२:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ