जन्तीको गाडी दुर्घटनाः बेहुलाका बुवा र बहिनी सहित ५ जनाको मृत्यू


भारतको सोनपुर जिल्लाको महानदीको पुलमा जन्ती चढेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यू भएको छ । जन्तीको एसयूभी गाडी र ट्रक आपसमा ठोक्किँदा बेहुलाका बाबु र बहिनीसहित पाँच जनाको मृत्यु भएको हो ।

उक्त घटनामा पाँचजना गम्भीर घाइते समेत भएका छन् । सोनपुर जिल्लाको उल्लुन्डा ब्लकअन्तर्गत निम्ना र पंचमहला गाउँका १० जना कौडियामुण्डा गाउँमा विवाह समारोहमा सहभागी भएर फर्कदै गर्दा बिहान करिब १ बजे महानदी पुलमा दुर्घटना भएको बताइएको छ ।

बेहुलाका बुवा र बहिनीसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।दुर्घटनामा परेको गाडीबाट अन्य पाँच जनाको प्रहरी र अन्य उद्धार टोलीले ग्यास कटरको सहायताले उद्धार गरेको थियो ।

घाइते सबैलाई सुरुमा सोनपुर अस्पताल लगिएको थियो भने अवस्था बिग्रिएपछि उपचारका लागि बुर्ला मेडिकल कलेज र अस्पताल लगिएको छ ।

प्रकाशित : २०७८ माघ ८, शनिबार १३:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ