साउदीमा अब अफवाह फैलाउनलाई पाँच वर्ष जेल हुने


काठमाडौं । सामाजिक सञ्जालमा आधारहीन अफवाह फैलाउने व्यक्तिलाई पाँच वर्ष जेल सजाय तोकिने साउदी सरकारले चेतावनी दिएको छ ।

रियादमा एउटा कन्सर्ट रद्द भएपछि घर जाने क्रममा युवतीहरुमाथि दुव्र्यवहार भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारको सो चेतावनी आएको हो । राजधानी रियादनजिकै १४ फेब्रुबरीमा आयोजना गर्ने भनिएको एउटा कन्सर्ट मौसमका कारण अन्तिम समयमा रद्द गरिएको थियो ।

कार्यक्रम रद्द भएपछि सयौं युवायुवती निराश मुद्रमा कार्यक्रम स्थलबाट बाहिरिएका थिए । घर फर्किने क्रममा केही महिला हराएका र केहीमाथि दुव्र्यवहारको धम्की दिइएको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

उनीहरुमाथि वास्तवमै दुव्र्यवहार भए नभएको विषय अझै प्रष्ट हुन सकेको छैन् । महिलाहरुको सो गुनासो पछि समाजिक सञ्जालमा अफवाह फैलाउनेलाई जेल हाल्ने सरकारले बताएको समाचार प्राप्त भएको छ ।

कतिपयले महिलामाथि दुव्र्यवहार नभएको र प्रतिकूल मौसमका कारण कार्यक्रम रद्द गरिएको भन्दै आयोजकको प्रशंसा गरेका छन् । साउदी मनोरन्जन निकायकी प्रमुख तुर्की अल शेखले ट्विट गर्दै महिलामाथि दुव्र्यवहार भएका विवरण गलत भएको बताएकी छन् ।

प्रकाशित : २०७८ माघ ९, आईतवार २१:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ