अमेरिकाले दिए दूतावास कर्मचारीलाई युक्रेन छाड्न निर्देशन


अमेरिकाले किभस्थित दूतावासका कर्मचारीलाई युक्रेन छाड्न निर्देशन दिएको छ । रुसको सम्भावित घटनालाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना कर्मचारीलाई युक्रेन छाड्न निर्देशन दिएको हो ।

आफ्ना गैरआवासीय कर्मचारीलाई किभबाट बाहिरिन अमेरिकी विदेश मन्त्रालयले अनुमति दिएको हो । यस्तै, अन्य अमेरिकी नागरिकलाई पनि युक्रेनबाट बाहिर निस्किन आग्रह गरेको छ ।

रुस युक्रेनमाथि सैन्य कारवाही गर्ने तयारीमा रहेकाले उक्त क्षेत्र असुरक्षित बनेको अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । रुसले भने युक्रेनमाथि आ क्रमण गर्ने कुनै योजना नभएको बताउँदै आएको छ ।

युक्रेनको भिसा माग गरिरहेका अमेरिकी नागरिकलाई तत्कालका लागि भ्रमण योजना स्थगित गर्न विदेश मन्त्रालयले निर्देशन दिएको छ । रुसले जुनसुकै बेला युक्रेनमाथि आ क्रमण गर्ने सूचना प्राप्त भएको मन्त्रालयको दाबी छ ।

प्रकाशित : २०७८ माघ १०, सोमबार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ