कर्मचारी भर्नामा मनपरी गरेको भन्दै ट्रेनमा आगजनी


कर्मचारी भर्नामा अनियमितता भएको भन्दै ट्रेनमा नै आगजनी गरिएको छ । कर्मचारी भर्नामा मनपरी गरेकाले ट्रेनमा विद्यार्थीहरुले आगजनी गरेका हुन् ।

आन्दोलित विद्यार्थीहरूले भारत विहारको आरा जिल्लामा एक यात्रु ट्रेनमा आगजनी गरेका हुन् । आन्दोलनको तेस्रो दिन आज विद्यार्थीहरुले ट्रेनमा आगजनी गरेको बताइएको छ ।

बिहारका विभिन्न भागहरूमा आन्दोलित विद्यार्थी र प्रहरीबीच झडप परेको थियो । आन्दोलनकारी विद्यार्थीहरूले पटना र आरा जिल्लामा धेरै रेलहरूको मार्ग अवरुद्ध पारेका थिए ।

पछि गया रेलवे स्टेशनमा चलिरहेको रेलमा ढुङ्गा हाने र आरा जिल्लामा एक यात्रु ट्रेनमा आगजनी गरे । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न लाठी चार्ज र हवाई फायर गरेको थियो ।

प्रकाशित : २०७८ माघ १२, बुधबार १८:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ