धुर्मुसले भने- कुनै खोट देखिए जुनसुकै सजाय भोग्न तयार छु


काठमाडौं । चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयलाई लिएर भइरहेका टिक्काटिप्पर्णप्रति कलाकार तथा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले चित्त दुखाएका छन् ।

रंगशालको सम्पूर्ण प्रतिवेदन आइसकेपछि कुनै खोट देखिए जुनसुकै सजाय भोग्न तयार रहेको उनले बताए । भरतपुर महानगरपालिकाको आयोजनामा आज आयोजित रंगशाला सम्वन्धी एक अन्तरक्रिया कार्यक्रममा धुर्मुस भावुक र आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।

पूर्णता पाइनसकेको प्रारम्भिक प्रतिवेदन महानगरपालिकाले मिडियामा सार्वजनिक गरेको विषयमा पनि उनले असन्तुष्टि जनाए । वास्तविकता राम्ररी नबुझीकन नचाहिँदो आक्षेप नलगाइदिन उनले सबैलाई आग्रह गरे ।

प्रकाशित : २०७८ माघ १३, बिहीबार १८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ