परदेशमा मधेसीको साथी नारासहित NRMA मलेसियाको अधिवेशन सम्पन्न, अध्यक्षमा खङ्ग


मलेसिया । बिश्वभरि छरिएर रहेका मधेसीहरूको छाता संगठन गैर आवासीय मधेसी संघ (एनआरएमए)मलेसिया शाखाको अधिवेशन सम्पन्न भएको छ । मलेसियामा ZOOM मिटिङ्ग मार्फत आयोजित कार्यक्रम तथा एनआरएमए मलेसियाको अधिवेशनद्वारा चौथो कार्यकालका लागि अध्यक्ष मनसि खङ्ग नेतृत्वमा ५७ कार्य समिति चयन भएको छ ।

अध्यक्ष मनसि खङ्ग सह-अध्यक्ष बिरेन्दर यादव उपाअध्क्ष राम विश्वास यादव, ब्रहमदेव महतो, राम विश्वास यादव, आनंद राय, जितेन्द्र यादव चयन भएका छन् भने महासचिवमा करन कुमार साह, सचिवमा मनोज मण्डल, राजेन्द्र यादव चयन भएका छन् ।

कोषाध्यक्षमा महेश यादव सह-कोषाध्यक्ष मा राम ललित कापर चयन भएका छन भने मिडिया संयोजकमा रूपेश यादव ,नवल किशोर पटेल चयन भएका छन । सदस्यमा लक्ष्मन महतो,लक्ष्मि प्रसाद कुशवहा,जितेन्द्र महतो, देबेन्दर प्रसाद साह,राजगेनि राम,उदैय पासवान,शम्भु ठाकुर,बिष्णु मण्डल,अशोक साह,अजय यादव, बोलबम साह,बसन्त दास,बिष्णु साह तेलि,बिमल यादव,चन्दन यादव,दिलिप माझी,दिनेश यादव, ज्ञानेन्द्र यादव,राम बाबू यादव,राम कैलाश दास,मनोज यादव,नाजिर मन्सुली,प्रमेश्वर राउत, राजेश मण्डल, राजन मिश्रा,राज कुमार रजक,राजेन्द्र यादव,राधेश्याम कापर,राज कुमार गुप्ता,राहुल चौधरी, सन्जित दास,संतोष महतो,श्याम नारायण राम,संजय पण्डित,सुरेन्द्र साह, उमेश साह,चयन भएका छन ।

त्यसतै समितिको बरिस्ठ सल्लाहकारमा सिकिन्द्र यादव सल्लाहकार मा शंकर दास,प्रमोद साह,जनकलाल यादव,श्याम किशोर मुखिया,राम पुकार महतो, उमेश साह,सुबेश राउत र नरेश मण्डल रहेकन छन । ८सेप्टेम्बर २०१० मा स्थापना भएको एनआरएमएका संस्थापक अध्यक्ष डा.सिके राउत हुन । एनआरएमए जनमत पार्टीको प्रवासि संगठनको रूपमा समेत संगठतिक काम गर्दै आइरहेको छ ।

“परदेशमा मधेसीको साथि” नाराबाट मधेसीलाई एक जुट गर्दै हालसम्म ४५ देशमा गैर आवसि मधेसी संगठन विस्तार गरिएको छ । एनआरएमएले मधेसी बाहुल्य देशहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा विभिन्न चाड – पर्वको अवसरमा मेल मिलाप कार्यक्रम गरि प्रावासमा रहेका मधेसी हरूलाइ संगठित गर्दै आएको छ ।

त्यसतै, एनआरएमएले बिदेशमा समस्यामा परेका मधेसीहरूलाइ आवश्यक सहयोग उपलब्ध गराउदै आईरहेको छ । आर्थिक सहयोग देखि रोजगार सम्बन्धि समस्या बिदेश मा कानुनी समस्या आदिमा समेत संगठनले सहयोग गरि राखेको छ । बिदेश भुमिमा दुर्घटनामा परेका,जेल परेका साथै मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागि पहल गर्दै आएको छ।

त्यस्तै एनआरएमएले मधेशमा हुने गरेको प्राकृति प्रकोप जस्तै बाढी,भुकम्प,किसानहरूको क्षतिपूर्ति दिने,प्रवासबाट सहयोग राहत तथा नि:शुल्क उपचार सेवाहरू दिंदै आएको छ ।नवनियुक्त अध्यक्ष खंग लगाइत मलेसियाको सम्पूर्ण समितिलाई जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा.सिके राउत तथा उपाध्यक्ष बसन्त कुशवहा र एनआरएमको अन्तर्राष्ट्रिय समितिको अध्यक्ष ई. शम्भुनाथा साहले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छन् ।

एनआरएमए मलेसियाको भु.पु अध्यक्ष सिकिन्दर यादवले नवगठित एनआरएमए मलेसियाको समितिलाई बधाई तथा शुभकामना दिंदै आउदो दिनमा संगठनले मलेसियामा अझ संशक्त संगठित प्रभावकारी रूपमा अगाडि बढन सकने विश्वास व्यक्त गरिएको छ ।

प्रकाशित : २०७८ माघ १६, आईतवार ०९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ