अक्षय कुमारले माग्यो नेपाली कलाकार


काठमाडौं । बलिउड फिल्म ‘गोरखा’ले अडिसन आह्वान गरेको छ । बलिउड अभिनेता अक्षयकुमारले निर्माण गर्ने फिल्मका लागि निर्माण टिमले नेपालबाट पुरुष र महिला अभिनेता छान्न लागेको हो ।

अक्षयकुमार र ‘अतरंगी रे’ निर्देशक तथा लेखक आनन्द एल राय र हिमांशु शर्माले निर्माण गर्न लागेको फिल्मले २५ जना पुरुष र एक जना महिला अडिसनबाट लिन लागेको हो । ईच्छुक कलाकारले फ्रेब्रुअरी ५ सम्ममा आफ्नो परिचय दिने भिडियो पठाउनु पर्ने सूचनामा उल्लेख छ ।

यस्तो भिडियो एचडी क्वालिटीको हुनुपर्ने र अडिसनमा २० देखि ३० वर्ष भित्रका महिला र पुरुषले आवदेन दिन सक्ने जनाइएको छ । अक्षय कुमारले शीर्ष भूमिका निर्वाह गर्ने यो फिल्म भारतीय आर्मी अन्तर्गत काम गर्ने गोरखा रेजिमेन्टका वार हिरो इयान कार्डोजोको जीवन कथामा आधारित रहनेछ ।

मेजर जनरल इयान कार्डोजो युद्धका क्रममा अपाङ्ग भएर पनि बटालियनको नेतृत्व गर्ने पहिलो भारतीय सैनिक थिए । अक्षयकुमारले नै यिनै इयानको जीवनलाई पर्दामा उतार्नेछन् ।फिल्मलाई सञ्जय पुरनसिंह चौहानले निर्देशन गर्नेछन् ।

प्रकाशित : २०७८ माघ १७, सोमबार १९:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ