चीनमा हुने बेइजिङ विन्टर ओलम्पिक बहिष्कार गर्ने भारतको घोषणा


काठमाडौं । भारतले पनि बेइजिङ ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ ।

भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले उक्त कुरा बताएका हुन् । बेइजिङस्थित भारतीय कूटनीतिज्ञले ओलम्पिक समारोहमा भाग नलिने कुरा प्रवक्ता बागचीले बताएका छन् ।

यसअघि बेलायत, अमेरिका र अष्ट्रेलियाले पनि कूटनीतिक बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । बेइजिङ विन्टर ओलम्पिक भोलिदेखि चिनियाँ राजधानीमा सुरु हुँदैछ ।

प्रकाशित : २०७८ माघ २०, बिहीबार १८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ