‘लक अप’ रियालिटी शोमा कंगनाको डेब्यू, एउटै एपिसोडको १ करोड लिने !


बलिउड अभिनेत्री कंगना रनावतले एक रियालिटी शो सञ्चालनका लागि महंगो पारिश्रमिक पाएकी छिन् ।

उनले ‘लक अप’ नामको रियालिटी शोका लागि महंगो पारिश्रमिक पाएकी हुन् । एकता कपुरले निर्माण गर्न लागेको उक्त शो कंगनाको पहिलो डिजिटल डेब्यु पनि हो ।

उक्त शोको लागि कंगनालाई एकताले मोटो रकममा अनुबन्ध गरेकी छन् । साताको एक दिन मात्र कंगनाको सहभागिता रहने उक्त रियालिटी शोका लागि उनले प्रति एपिसोड एक करोड भारतीय रुपैयाँ पाउनेछिन् ।

समाचारअनुसार २२ भागसम्म कंगनाको सहभागिता रहने उक्त शोका लागि उनले २५ करोडमा सम्झौता गरेकी छिन् । विवादास्पद विषयमा आधारित शोको होस्टका लागि एकताले सबैभन्दा पहिला कंगनालाई नै सोचेको र उनी पनि मोटो रकमको माग गर्दै उक्त कार्यक्रम होस्ट गर्न तयार भएकी हुन् ।

एकताले आफ्नो नयाँ कार्यक्रममा केवल विवादमा परेका सेलिब्रेटीलाई मात्र समावेश गराउने र अहिलेसम्म मोडल पुनम पाण्डे, लेखक चेतन भगत, युट्युबर हर्णलगायतलाई अफर गरिएको समाचारमा उल्लेख छ ।

प्रकाशित : २०७८ माघ २८, शुक्रबार १०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ