Breaking- विवाहमा आएकाहरु इनारमा खस्दा १३ जनाको मृत्यु


काठमाडौं । भारत उत्तर प्रदेशको कुशीनगरस्थित नौरंगिया टोला गाउँमा भएको एक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

इनारमा खसेर उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु भएका मध्ये ११ जनाको घटनास्थलमा र दुईजनाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

मृत्यु हुनेमा बालबालिका र महिला रहेका छन्। घटनामा परि घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। बुधवार राति विवाहमा सहभागी भएकाहरु इनारमा खसेको सरकारी अधिकारीहरूले बताएका छन् ।

पुरानो इनारमा ढाकिएको स्ल्याबमा बस्दा स्ल्याबले तौलले धान्न नसक्कि भाँचिइएपछि उनीहरु इनारमा खसेका थिए । गोरखपुर क्षेत्रका एडिजी अखिल कुमारले घटना बुधबार राति करिब साढे ८ बजे कुशीनगरको नेबुवा नौरङ्गियामा भएको जानकारी दिएका छन् ।

घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने जिल्ला न्यायाधीशले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारजनमा समावेदना प्रकट गरे ।

प्रकाशित : २०७८ फाल्गुन ५, बिहीबार १०:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ