Sad News: चर्चित अभिनेत्रीको रहस्यमय मृत्यु


काठमाडौं । हलिउडकी चर्चित फिल्म तथा टेलिभिजन अभिनेत्री लिजी एरिन पर्लम्यान लस एन्जलसमा मृत फेला परेकी छन् ।

केही दिनदेखि हराइरहेकी ४३ बर्सिया उनलाई खोज्न स्थानीयवासीले प्रहरीसँग मद्दत मागेको र आइतबार दिउँसोदेखि हराएकी उनको मृत शरीर शुक्रबार स्थानीय एक व्यक्तिको घरनजिक उनकै कारभित्र फेला परेको डेली मेलमा समाचार छ।

उनको कारभित्र विभिन्न औषधिका चक्की छरिएको अवस्थामा फेला परेको छ। उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले पत्ता लगाउन अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।

मूल रूपमा सिकागोमा बस्ने लिजी लस एन्जलस जानुअघि रङ्गमञ्च कलाकार थिइन् । उनले जनरल हस्पिटल, द पर्ज, सिकागो जस्टिस जस्ता चर्चित कार्यक्रमलगायत केही फिल्ममा समेत काम गरेकी थिइन् ।

प्रकाशित : २०७८ फाल्गुन १०, मंगलवार ०८:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ