पुटिनले गरे युक्रेनमाथि सैन्य आक्रमणको घोषणा


रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाली समय अनुसार बिहीबार बिहान सम्बोधन मार्फत युक्रेनको डोन्बास क्षेत्रमा सैन्य आक्रमणको घोषणा गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले युक्रेनमा युद्धको घोषणा नगर्न आग्रह गरेकै बेला पुटिनले टेलिभिजन सम्बोधन मार्फत युद्धको सुरुवात गरेका हुन् ।

सम्बोधनमा पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा रहेका युक्रेनी सैनिकलाई हतियार बिसाएर ‘आफ्नो घर फर्किन’ सुझाव दिएका छन् । कुनै पनि प्रकारको युद्ध भएमा वा रगत बगेमा त्यसको जिम्मेवार युक्रेन हुने चेतावनी पनि उनले दिएका छन् ।

उनले युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।पुटिनको आदेशसँगै डोनेट्स्क क्षेत्रमा बिस्फोटको आवाज आएका छन् ।

पुटिनले युद्धको घोषणा गर्दै गर्दा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पुटिनसँग युक्रेनमाथिको आक्रमण रोक्न सुझाव दिएका छन् ।सुरक्षा परिषदको बैठकमा बोल्दै उनले शान्तिको मार्गलाई अवसर दिन आग्रह गरेका हुन् ।

तर पुटिनले आफ्ना सैनिकलाई आक्रमणको आदेश दिएसँगै स्वतन्त्र घोषणा गरेका डोनेट्स्क र लुहान्स्कसहितका क्षेत्रमा बमबारीको आवाज आएको छ । युक्रेनको राजधानी किएभमा पनि बिस्फोटको आवाज सुनिएको सिएनएनले जनाएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार १०:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ