रुसी आक्रमणपछि रेलवे स्टेशनमा राजधानी छाड्नेको भीड


रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेसँगै युक्रेनका बासिन्दा त्रास र भागदौडको अवस्थामा पुगेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य आक्रमणको घोषणा गरेको भए पनि राजधानी किएभसहितमा गोलाबारी भएको छ ।

रुसले पूरै युक्रेनमाथि आक्रमण थालेको युक्रेन तथा पश्चिमा राष्ट्रले बताएका छन् । किएभमा लगातार विस्फोटका आवाज सुनिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मानिसहरु सुरक्षित स्थानमा जानका लागि रेलवे स्टेसनमा जम्मा भएका छन् । यस्तै सहरबाट बाहिर निस्कन खोज्ने गाडीहरुको लामो लाइन लागेको छ ।

किएभबाट धेरै मानिसहरु झोला र सुटकेस बोकेर सम्भावित आक्रमणबाट जोगिन सुरक्षित स्थानतर्फ जाने प्रयास गरिरहेका छन् ।

बालबालिकासहित त्रासमा सहर छाड्नेहरुको भीड रेलवे स्टेशनमा देखिएको हो । धेरैले अण्डरग्राउण्ड रेलवे स्टेशनमा आश्रय लिएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार १४:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ