इण्डोनेशियामा भूकम्प : ७ जनाको मृत्यु, सैयौं घाईते


जकार्ता । इण्डोनेशियाको सुमात्रा द्वीपमा शुक्रबार शक्तिशाली भूकम्प गएको छन् । भुकम्पका कारण सात जनाको मृत्यू भएको हो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ६.२ रिक्टर स्केलको भूकम्पको धक्का छिमेकी मुलुक मलेशिया र सिंगापुरमा पनि महसुस गरिएको थियो । इण्डोनेशियाली अधिकारीहरूले भूकम्पमा परी कम्तीमा सातजनाको मृत्यु भएको र ८५ जना घाइते भएको बताएका छन्।

विभागका अनुसार भूकम्पको केन्द्रविन्दु पश्चिम सुमात्रा प्रान्तको बुकिटिङ्गी शहरबाट ६६ किलोमिटर उत्तरपश्चिममा १२ किलोमिटर गहिराइमा रहेको थियो ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले पासमान जिल्लामा दुई बालबालिका सहित कम्तीमा चारजनाको मृत्यु भएको छ भने छिमेकी पश्चिम पासमानमा तीनजनाको मृत्यु भएको बताए ।

यी दुवै जिल्ला भूकम्पको केन्द्रविन्दु नजिक रहेकाले त्यहाँ दर्जनौं घर तथा भवन भत्किएको उनले बताए ।मुहारीका अनुसार भूकम्पका कारण पासमान र पश्चिम पासमानलगायत अन्य प्रभावित जिल्लाका पाँच हजारभन्दा बढी मानिस घरबार छोडेर अस्थायी शिविरमा गएका छन् ।

‘हामी अझै पनि पीडितको खोजी र उद्धार कार्यमा केन्द्रित छौं’, उनले भने । प्रभावित क्षेत्रमा भएको क्षतिको आँकलनमा अधिकारी जुटेको मुहारीले बताए ।

इण्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिक एजेन्सीकी प्रमुख द्विकोरिता कर्णावतीले सुनामीको खतरालाई अस्वीकार गरिन् तर केही सम्भावित परकम्पको चेतावनी दिए ।

प्रकाशित : २०७८ फाल्गुन १४, शनिबार ०६:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ