Breaking- अभिनेता पल शाह पक्राउ


काठमाडौं । पल शाह पक्राउ परेका छन् । जिप्रका तनहुँको प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जब”र्जस्ती कर”णीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार बनेका थिए । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए ।

पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए ।

काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ ।

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार १३:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ