रुसी तोपका कारण एकैठाउँमा ७० युक्रेनी सैनिकको मृत्यु


रुसले गरेको आक्रमणका कारण युक्रेनी सेनाको युनिट नै ध्वस्त भएको स्थानीय अधिकारीले बताएका छन् ।

रुसले गरेको तोप आक्रमणका कारण युक्रेनको उत्तर–पूर्वी शहर ओख्तिर्कामा ७० युक्रेनी सैनिक मारिएका छन् । आइतबार रुसले प्रहार गरेको तोपका कारण ठूलो संख्यामा हताहती भएको हो ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुमी राज्यका प्रशासनिक प्रमुख डिमित्रो ज्हिभिट्स्कीका अनुसार रुसी तोपले युक्रेनी सेनाको युनिट नै ध्वस्त पारेको हो ।

भग्नावशेषबाट शव निकाल्न स्वयम् सेवी तथा उद्धारकर्मीहरु खटिएका छन् । घटनामा रुसी सेना ९शत्रु० तर्फ पनि ठूलो क्षति भएको उनले बताएका छन् ।

रुसी शवहरु रेडक्रसलाई जिम्मा लगाइएको उनले उल्लेख गरेका छन् । रुसले गएको बिहीबारदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।

प्रकाशित : २०७८ फाल्गुन १७, मंगलवार १२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ