अमेरिकाले १२ रुसी कूटनीतिज्ञलाई गर्‍यो देशनिकाला


अमेरिका । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले देशनिकाला गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रसङ्घका लागि अमेरिकी नियोगले ती कूटनीतिज्ञलाई जासुस भन्दै पदको दुरुपयोग गरी उनीहरू जासुसीमा संलग्न रहँदै आएको बताएको छ ।

एक प्रवक्ताका अनुसार ती रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्नेबारे महिनौँदेखि काम भइरहेको थियो । राष्ट्रसङ्घका लागि रुसी राजदूतले अमेरिकी कदमबाट राष्ट्रसङ्घीय सिद्धान्तहरूको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १७, मंगलवार १२:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ