बिग्रेका मोबाइल बनाउने ‘मेकेनिक’ लाभ सिंह : जसले पञ्जाबका मुख्यमन्त्रीलाई चुनाव हराए


भारतका पञ्जाब राज्यका मुख्यमन्त्री चरणजीत सिंह चन्नीलाई भदौर क्षेत्रमा पराजित गरेपछि आम आद्‍मी पार्टीका लाभ सिंह उगोके एकाएक चर्चामा आएका छन् ।

लाभ सिंह उगोकेलाई आम आदमी पार्टीले वर्तमान मुख्यमन्त्रीविरुद्ध भदौर सिटबाट उम्मेदवार बनाएको थियो । उनी केबल ३५ वर्षका छन् । लाभ सिंह उगोके भदौर क्षेत्रस्थित उगोके गाउँका बासिन्दा हुन् ।

राजनीतिमा आउनुअघि उनी एक मोबाइल फोनको दोकान चलाउँथे । उनि मोबाइल मेकेनिक हुन् । जो बिग्रिएको मोबाइल बनाउछन् । लाभ सिंहका पिता ड्राइभर हुन् । उनकी आमा गाउँकै स्कुलमा सफाई कर्मचारीका रुपमा कार्यरत छिन् ।

उगोके सन् २०१३ मा आम आदमी पार्टीमा सामेल भएका थिए । सन् २०१७ मा उनले भदौरबाट आपका उम्मेदवार पिरमल सिंह खालसाको चुनावी अभियानमा सक्रिय रुपमा सहभागिता जनाएका थिए ।

पिरमल सिंह खालसा पहिले खैरा गुटसँग गएका थिए । त्यसपछि उनी कांग्रेसमा सामेल भएका थिए । यस पटक आम आदमी पार्टीले उगोकेलाई टिकट दिएको थियो । उनले ठूलो अन्तसहित मुख्यमन्त्री चरणजीत सिंह चन्नीलाई पराजित गरेका छन् ।

पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नीले ट्वीट गरेर कांग्रेसको हार स्वीकारेका छन् । उनले आम आदमी पार्टीलाई जितको बधाई दिए ।

‘पञ्जाबका जनताले जो जनादेश दिएका छन् । त्यसलाई हामीले विनम्रतासँग स्वीकार गर्छौँ । आम आदमी पार्टीलाई बधाई ! आम आदमी पार्टीका मुख्यमन्त्री उम्मेदवार भगवन्त मानलाई पनि धेरै बधाई । मलाई आशा छ भगवन्त मान जनताको आशामा खरो उत्रिनेछन् ।’

यसअघि पञ्जाब कांग्रेस प्रमुख नवजोत सिंह सिद्धुले पनि आफ्नो हार स्वीकारेका छन् । उनले पनि आम आदमी पार्टीलाई बधाई दिएका छन् । नवजोत सिंह सिद्धुले अमृतसर पूर्वबाट चुनाव हारे ।

प्रकाशित : २०७८ फाल्गुन २८, शनिबार २०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ