अमेरिकी राजदूत बेरीले जनकपुर पुगेकाे तस्बिर राखेर दिए रामनवमीको शुभकामना


काठमाडौं । नेपालका लागि अमेरिकी अमेरिकी राजदूत रेन्डी बेरीले रामनवमीको अवसरमा शुभकामना दिएका छन् ।

उनले आज (आइतबार) सामाजिक सञ्जालमार्फत जनकपुरधाम जानकी मन्दिरमा पुगेको बेला खिचेका तस्बिरहरू सार्वजनिक गरेर रामनवमीको शुभकामना शुभकामना दिएका हुन् ।

‘रामनवमी पर्वको धेरै धेरै शुभकामना,’ उनले ट्विटरमा लेखेका छन् । अमेरिकी राजदूतावासले पनि आफ्नो आधिकारिक फेसबुक पेजबाट रामनवमीको शुभकामना दिएको छ ।

‘आज रामनवमी पर्व मनाइरहनुभएका सबैजनामा हाम्रो धेरैधेरै शुभकामना,’ फेसबुकमा लेखिएकाे छ, ‘यो अवसरले हामीलाई राजदूत बेरीले विभिन्न समयमा गर्नुभएको जनकपुर भ्रमणको मात्रै होइन, भगवान राम र सीताका विभिन्न कथालगायत सो सांस्कृतिक सहरको ऐतिहासिक र मौलिक पक्षहरूको सम्झना गराउँछ।’

प्रकाशित : २०७८ चैत्र २७, आईतवार १७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ