अब घरमा कुकुर पाल्न लाइसेन्स लिनुपर्ने ?


कुकुर पाल्न पनि लाईसेन्स लिनुपर्ने ! यो सुन्दा अचम्म लाग्न सक्छ । किनकी नेपालमा कुकुर पाल्न लाइसेन्स लिनुपर्ने नियम छैन् ।

तर भारतको उत्तर प्रदेश सरकारले कुकुर पाल्न अब लाइसेन्स अनिवार्य गरेको छ । यस्तो नियम भारतकै अन्य प्रदेशमा छैन् । यो कानून लखनउ बाट सुरु भई अब उत्तर प्रदेशभर लागु भएको छ ।

योगी आदित्यनाथ सरकारले जारी गरेको नयाँ नियम अनुसार घरमा पाल्तु कुकुर पाल्ने लाइसेन्स नभएको अवस्थामा कुकुरको मालिकलाई ५ हजार रुपैयाँ जरिवाना हुनेछ । यससँगै त्यो कुकुरलाई पनि जफत गर्ने बताइएको छ ।

जुन १ बाट घर घर पुगेर कुकुर पालेको/नपालेको सर्वेक्षण सरकारी अधिकारीको टोलीले गर्नेछन् । उक्त टोलीले लाइसेन्स नलिई कुकुर पालेको भेटिए घरधनीलाई कारबाही गरिनेछ ।

प्रकाशित : २०७९ जेष्ठ १६, सोमबार १५:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ