सलमान खान असुरक्षित : कसले दियो ज्यान मार्ने धम्की ?


काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । धम्कीपछि उनी असुरक्षित बनेका हुन् ।

सलमानका बुवा बिहान जगिङमा जाँदा आराम गर्न बसेको बेन्चमा एउटा पत्र भेटेका थिए, जसमा सलमानको ज्यान मा र्ने धम्की दिइएको थियो ।

यो चिठीमा सलमानलाई पनि ‘सिद्धु मुसेवाला गरिदिने’ उल्लेख भएको बताइएको छ । पन्जाबी गायक तथा नेता सिद्धु मुसेवालाको गत साता पन्जाबको मान्सा गाउँमा दिनदहाडै ह त्या भएको थियो ।

प्रहरीले एफआइआर दर्ता गरेर पत्रका विषयमा अनुसन्धान सुरु गरेको छ । बिहान साढे सात देखि ८ को बीचमा उक्त पत्र सलीले भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

समाचारहरूमा जनाइएअनुसार सलिमका बडीगार्डले सुरुमा सो पत्र देखेर सलिमलाई दिएका थिए । मुसेवालाको ह त्यापछि सरकारले सलमानको सुरक्षा बढाएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २२, आईतवार २१:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ