राष्ट्रपति चुनावको मिति घोषणा


टुडेखोज, काठमाडौं ।

भारतको निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मिति घोषणा गरेको छ । अब १८ जुलाईमा त्यहाँ देशको १५ औं राष्ट्रपतिका लागि मतदान हुनेछ ।

निर्वाचन आयोगको तालिकाअनुसार २१ जुलाईमा देशले नयाँ राष्ट्रपति पाउनेछ । यसका लागि उम्मेदवारी दिन २९ जुनलाई अन्तिम मिति घोषणा गरिएको छ ।

२४ जुलाईमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सकिने भएकाले नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुन लागेको हो । कोविन्दले २५ जुलाई २०१७ मा राष्ट्रपतिका रुपमा सपथ लिएका थिए ।

प्रकाशित : २०७९ जेष्ठ २६, बिहीबार १९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ