कामदारको तलब समयमा दिन साउदी राजाको कडा चेतावनी, अटेर गरे कारबाही


रियाद । साउदीका राजा सलमान बिन अब्दुल्लाजिज कामदारको तलब समयमै भुक्तानी गर्न साउदी अरबका सबै कम्पनी तथा मालिकलाई कडा चेतावनी दिएका छन् ।

साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले कामदारको तलव लामो समयसम्म रोकेर नराख्न निर्देशन दिएका छन् । राजा सलमानले कम्पनी रोजगारदाताहरुलाई कामदारको पाउन बाँकी तलव तत्काल भुक्तनी गर्न निर्देशन दिएका हुन् ।

उनले तलव रोक्ने रोजगारदतालाई छिटो भुक्तानीका लागि दबाव दिन श्रम तथा सामाजिक विकास मन्त्रालयलाई निर्देश गरेको अरेबियन समाचार संस्थाले जनाएका छन् ।

उनले तलब भुक्तानी गर्न नमान्ने कम्पनीलाई सरकारी भुक्तानी बन्द गर्न पनि भनेका छन् । अहिले साउदी अरबमा लाखौं विदेशी कामदार समयमै तलव नपाएर भोकमरीसँग जुधिरहेका छन् ।

कामदारको तलब भुक्तानी नगरेसम्म कम्पनीहरुलाई सरकारी तबरबाट हुने भुक्तानी रोक्न पनि राजाले भनेका छन् । विदेशी कामदारहरुलाई पछिल्लो समयमा लामो समयसम्म कम्पनीहरुले तलव नदिएको गुनासो बढेपछि राजा सलमानले यस्तो निर्देशन दिएका हुन् ।

पीडित कामदारलाई तलब नदिने कम्पनीविरुद्ध मुद्धा चलाउन र स्वदेश फर्किन चाहने कामदारलाई फर्काउने व्यवस्था गर्न पनि भनिएको समाचारमा उल्लेख छ ।

साउदीमा कतिपय नेपाली कामदारले १० महिनादेखि तलव पाएका छैनन् । यसैका कारण विदेशी मजदुरहरु समस्यामा छन् ।

साउदी सरकारले तलव नापएर समस्या परेकालाई उचित तवबरमा बस्ने-खाने व्यवस्था गर्न र त्यसबापतको खर्च रोजगारदाता कम्पनीसँगै लिन तल्ला निकायका अधिकारीलाई भनेको छ ।

यस्तै अरेवियन एयरलाइन्ससँग मिलेर स्वदेश फर्किन चाहने कामदारलाई पठाउन र यसको खर्च पनि रोजगारदाताबाटै असुल्न भनिएको छ । अब साउदी सरकारले सम्बन्धित देशका कुटनितिक नियोगसँग कति कामदारले यस्ता समसइा भोगेका छन् भनेर विवरण माग गर्ने भएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २८, शनिबार १७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ