भारतीय प्रधानमन्त्री मोदीले मनाए आमाको १०० औं जन्मदिन, खुट्टा धोएर आशीर्वाद लिए


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको १०० औं वर्ष पुगेको छ । जन्मदिनको अवसरमा आमालाई भेट्न मोदी गुजरातको राजधानी गान्धीनगर पुगे ।

भारतीय सञ्चार माध्यमका अनुसार उनकी आमा हीराबेन मोदी शनिबार १०० वर्षमा प्रवेश गरेकी छन् । सो अवसरमा नरेन्द्र मोदीले आमाको खुट्टा धोएर आशीर्वाद लिए ।

प्रधानमन्त्री मोदीले केही समयअघि आफ्नी आमालाई भेटेर निवासबाट प्रस्थान गरेका थिए । उनकी आमा हीराबेन कान्छो छोरा पंकज मोदीसँग गान्धीनगरमा बस्छन् ।

नरेन्द्र मोदी शुक्रबार गुजरात पुगेका थिए । त्यहाँ धेरै कार्यक्रममा भाग लिने उनको योजना छ । बीबीसी

प्रकाशित : २०७९ असार ४, शनिबार ११:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ