चीनको सांघाइमा ‘रेड अलर्ट’ जारी


एजेन्सी । चीनको सांघाईमा अत्यधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरेको छ ।

सिन्ह्वाका अनुसार सांघाईमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएको छ । आइतबार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो ।

सन् १८७३ देखि सहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५ तातो दिनहरू रिपोर्ट गरिएको छ । सन् २०१७ मा सांघाइको तापक्रम ४० दशमलब ९ डिग्री सेल्सियस पुगेको थियो ।

प्रकाशित : २०७९ असार २७, सोमबार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ