अमेरिकालाई चीनको चेतावनी- आगोसँग खेले खरानी हुनेछ


अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको छ।

गए राति भएको दुई घण्टा लामो टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले आगोसँग खेले खरानी हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानमाथि भइरहेको एकतर्फी आक्रमण अमेरिकालाई सह्य नहुने बताएपछि सीले त्यस्तो चेतावनी दिएका हुन् ।

त्यसक्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिकालाई एक चीन नीतिको पालना गर्न पनि आग्रह गरेका बताइएको छ । तर अमेरिकाले ताइवानलाई कूटनीतिक मान्यता दिँदैन । उसले स्वशासित ताइवानलाई हतियार बिक्री गर्दै आएको छ ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने योजना सार्वजनिक भएपछि यस विषयमा दुई देशबीच तनाव बढेको छ ।

प्रकाशित : २०७९ श्रावण १३, शुक्रबार १८:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ