Breaking- गाडीमा करेन्ट लाग्दा १० जनाको मृत्यु


एजेन्सी । भारतको पश्चिम बंगालमा एक पिकअप भ्यानमा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । १६ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिम बङ्गालको कुचबिहार जिल्लादेखि पिकअप भ्यानमार्फत जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा जल चढाउन गइरहेका १० जनाको करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर अचेत सबैलाई उद्धार गरेर चेंगाबान्धा अस्पताल पुर्‍याइएको थियो । त्यसमध्ये १० जनालाई प्रहरीले मृत घोषणा गरेको थियो ।

घटनामा घाइते १६ जनालाई जलपाइगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ। ज्यान गुमाउने र घाइते हुने सबै कन्बारिया सेतालकुचीका बासिन्दा हुन् । उनीहरू २७ जनाको समूहमा थिए ।

घटनाबारे अनुसन्धान थालेको प्रहरीले पिकअप भ्यानमा राखिएको जेनेरेटर सर्ट भएर दुर्घटना भएको हुनसक्ने प्रहरी अनुमान छ । घटनापछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ भने चालक भने फरार छन् ।

प्रकाशित : २०७९ श्रावण १६, सोमबार ११:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ