भारतीय विद्यार्थीलाई चीनको भिसा खुल्यो


एजेन्सी । चीनले बेइजिङको कडा कोभिड प्रतिबन्धका कारण दुई वर्षदेखि घरमा फसेका सयौं भारतीय विद्यार्थीहरूलाई भिसा जारी गर्ने योजनाको घोषणा गरेको छ ।

चीनले भारतीयहरूलाई व्यापार भिसा सहित विभिन्न प्रकारका यात्रा अनुमतिका योजना समेत सोमबार सार्वजनिक गरेको छ ।

‘भारतीय विद्यार्थीहरूलाई हार्दिक बधाई१ तपाईंको धैर्य सार्थक साबित भयो । म साँच्चै तपाईंको उत्साह र खुशी बाँड्न सक्छु । चीनमा फेरि स्वागत छ !’ चीनको परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागका काउन्सिलर जी रोङले ट्वीट गरेकी छिन् ।

उनको ट्वीटले नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले विद्यार्थी, व्यवसायी र चीनमा काम गर्ने परिवारका लागि भिसा खोल्ने घोषणा गरेको विस्तृत घोषणालाई उद्धृत गरेको छ ।

प्रकाशित : २०७९ भाद्र ७, मंगलवार ०८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ