कोलम्बियामा विस्फोट, ८ प्रहरी अधिकारीको मृत्यु


कोलम्बिया । दक्षिणपश्चिमी कोलम्बियामा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेर भएको आक्रमणमा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ ।

आक्रमणको राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन् । ‘आठ प्रहरीको ज्यान जाने गरी भएको हमलाको निन्दा गर्छु’, राष्ट्रपति पेट्रोले भनेका छन् । हुइला विभागको एक ग्रामीण क्षेत्रमा उक्त हमला भएको थियो ।

आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन् । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । पछिल्ला राजधानीमा सशस्त्र समूहले आफ्ना गतिविधि बढाउन थालेका छन् ।

प्रकाशित : २०७९ भाद्र १८, शनिबार ०९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ