बारमा आगो लागेपछि ३२ जनाको मृत्यु


एजेन्सी । भियतनाममा एउटा बारमा भीषण आगलागी हुँदा ३२ जनाको ज्यान गएको छ ।

दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको आगलागीमा कम्तीमा ३२ जनाको मृत्यु भएको र कैयौं मानिस घाइते भएको अधिकारीहरुले बताएका छन् ।

त्यहाँको सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन् ।

आगलागी हुँदा बारमा ६० जना रहेको बताइएको छ । आगलागीबाट बच्न धेरै मानिसहरु बालकनीमा जम्मा भएको तर काठको भित्री भागमा आगो फैलिएको कारण त्यहाँ पनि सुरक्षित बस्न नसकेको बताइएको छ ।

प्रकाशित : २०७९ भाद्र २३, बिहीबार ०९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ