डुंगा डुब्दा १४ जनाको मृत्यु, २६ जना बेपत्ता, हेलिकप्टरको सहयोगमा बेपत्ताको खोजी


एजेन्सी । उत्तरी पारा राज्यको राजधानी बेलेमको ब्राजिल सहरनजिक बिहीबार बिहान एउटा डुंगा डुब्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

उक्त घटनामा २६ जना बेपत्ता भएका छन् । माराजो टापुको कमारा र बेलेमको बीचमा रहेको डुंगा कोटिजुबा टापुको सामुद्रक तट साउदादेमा डुबेको थियो ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सार्वजनिक सुरक्षा सचिवालयका अनुसार जहाज यात्रु बोक्ने अधिकार नभएको र गोप्य बन्दरगाहबाट समुद्रतर्फ निस्किएको थियो ।

अग्निनियन्त्रकहरूले गोताखोर, नौ वटा डुंगा र एक हेलिकप्टरको सहयोगमा शव निकाल्न र बेपत्ता पीडितहरूको खोजी र उद्धार कार्य सुरु गरेका थिए ।

प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार १५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ