चीनलाई हराउँदै अमेरिकाले जित्यो महिला विश्वकप


काठमाडौं । एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि अमेरिकाले जितेको छ ।

अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३–६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो । अमेरिकाले कीर्तिमानी ११ औं पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको छ ।

यस्तै अमेरिकाले लगातार चौंथो पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको छ । अष्ट्रेलियाले तेस्रो भयो । अष्ट्रेलियाले क्यानडालाई ९५६५ ले हराएको थियो ।

प्रकाशित : २०७९ आश्विन १६, आईतवार ०८:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ