भारतको महाराष्ट्रमा अब कर्मचारीले फोनमा ‘हेलो’ भन्न नपाइने, ‘वंदे मातरम’ भन्न आदेश


भारतको महाराष्ट्रमा अब सरकारी कर्मचारीहरुले फोन उठाउँदा ‘हेलो’ भन्न नपाइने भएको छ ।

महाराष्ट्र सरकारले अब कर्मचारीहरुलाई टेलिफोन वा मोबाइल कल उठाउँदा ‘हेलो’को सट्टा ‘वंदे मातरम’ भन्न निर्देशन दिएको हो। यो आदेश सरकारी रकमबाट संचालित संघसंस्थाका कर्मचारीमा पनि लागू हुनेछ ।

हेलो शब्द पश्चिमी संस्कृतिको अनुकरण हो भन्दै सरकारले यस्तो निर्णय गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यस्तै, आदेशमा सरकारी कार्यालय आउने सेवाग्राहीलाई कर्मचारीहरुले ुवंदे मातरमु भनेर स्वागत गर्नुपर्ने र सो कुराको सचेतना सेवाग्राहीलाई दिन पनि भनिएको छ ।

 

प्रकाशित : २०७९ आश्विन १६, आईतवार १६:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ