गुडिरहेको बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु


काठमाडौं । भारतको महाराष्ट्र नासिकमा आज शनिबार बिहान गुडिरहेको एक बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

बसमा सवार कैयौं मानिसको मृत्यु भएको आशंका गरिए पनि अहिलेसम्म ११ जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रहरीले घटनाको पुष्टि गर्दै दुर्घटनामा कैयौं मानिसको मृत्यु भएको जनाएका छन् । यो दुर्घटना नासिक र औरंगाबाद सडक खण्ड अन्तर्गत नंदूरनाका क्षेत्रमा भएको हो ।

आगलागी भएको बस यवतमालदेखि मुम्बईतर्फ जाँदै गरेका बेला दुर्घटना भएको बताइएको छ ।

प्रकाशित : २०७९ आश्विन २२, शनिबार ०९:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ