नेपाली यूवक दक्षिण कोरियामा मृत भेटिए


काठमाडाैँ । सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत्यु भएको छ । सोलु दूधकुण्ड नगरपालिका– ३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगरको मंगलबार मृत्यु भएको हो ।

बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । उनी केहि दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ । मगर करिब ५ वर्षअघि कोरिया पुगेका थिए ।

https://www.youtube.com/watch?v=UavR8GRZ9ng&t=14s

प्रकाशित : २०७९ मंसिर २८, बुधबार ११:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ