४ हजार २८५ उम्मेदवारको धरौटी जफत


काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ।

सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। जसअनुसार प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको जानकारी दिए। जसमा पुरुष २ हजार ८६, महिला २ सय ३७ र अन्य उम्मेदवार एक जना छन् ।

https://www.youtube.com/watch?v=UavR8GRZ9ng&t=16s

प्रकाशित : २०७९ मंसिर २८, बुधबार १४:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ