हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु


काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ ।

राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना बालबालिका छन् ।

१० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ ।

दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको रहेको प्रहरी प्रमुख इहोर क्लेमेन्कोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

हेलिकप्टर खसेपछि विद्यालयका बालबालिका र शिक्षकलाई सुरक्षितस्थानमा सारिएको छ ।

प्रकाशित : २०७९ माघ ४, बुधबार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ