बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !


सिरहा । क्याम्पस निर्माण गर्ने उदेश्यले सिरहाको बरियारपट्टीमा श्री श्री १००८ श्री विष्णु महायज्ञ आजबाट सुरु हुँदैछ ।

महायज्ञको आज जसपा नेता तथा संघीय साँसद राजकिशोर यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोह आज दिउँसो १ बजे राखिएको छ । यसअघि विहान कलशयात्रा निकाल्ने तयारी गरिएको छ ।

महायज्ञको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ल्याउने भनेर पूर्वसाँसद सुरेशचन्द्र दासले हल्ला फैलाएका थिए । तर प्रधानमन्त्री प्रचण्ड नआउने भएपछि प्रमुख अतिथि साँसद यादवलाई बनाएको छ ।

महायज्ञका लागि ठूलो राशि चन्दा उठेको छ । अहिले चन्दा संकलन जारी रहेको आयोजकले जनाएको छ । क्याम्पसका लागि महायज्ञमा पुरा गाउँले पूर्णरुपमा सहयोग गरिरहेका छन् ।

प्रकाशित : २०७९ चैत्र १२, आईतवार ०८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ