‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख अमृतपाल सिंह पञ्जाबबाट पक्राउ


काठमाडौं । मार्च १८ देखि फरार रहेका ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले पक्राउ गरेको छ।

बीबीसी संवाददाता अरविन्द छाबडाका अनुसार अमृतपाल सिंहको गिरफ्तारीलाई पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले पुष्टी गरेका छन् ।

पञ्जाब पुलिसले पनि आफ्नो ट्विटर ह्यान्डल मार्फत यसको जानकारी दिएको छ। यस ट्वीटका अनुसार उनलाई पञ्जाबको मोगाबाट पक्राउ गरिएको हो ।

प्रहरीले गत चैत १८ गतेदेखि अमृतपाल सिंहको खोजी गरिरहेको थियो । नेपालस्थित भारतीय दूतावासले उनी भारतबाट भागेर नेपालमा लुकेर बसेको हुन स‌क्ने आ‌ंशका गरेको थियो । प्रहरीले अमृतपाल सिंहका काका र उनका धेरै सहयोगीहरूलाई पक्राउ गर्यो, जसमध्ये धेरैलाई पछि छोडियो ।

यद्यपि असमको डिब्रुगढ जेलमा अझै ८ जना बन्दी छन् । यी मानिसहरूमाथि एनएसए लगाइएको छ । अमृतपाल सिंह विरुद्ध एनएसए सहित १६ मुद्दा दर्ता छन् ।

उनी र उनका सहयोगीविरुद्ध समाजमा दुस्मनी फैलाउने, ज्यान मार्ने उद्योग, प्रहरीमाथि हातपात र सरकारी कर्मचारीको काममा अवरोध गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।

फरार हुँदा अमृतपाल सिंहको भेषमा कथित रूपमा धेरै शहरहरूमा घुम्ने तस्विर र भिडियोहरू मिडिया मार्फत बाहिर आए ।

प्रकाशित : २०८० बैशाख १०, आईतवार ०९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ