बिहेपछि गुमनाम भए नायिका वर्षा राउत


काठमाडौं, १३ कार्तिक । नायिका वर्षा राउतले फिल्म ‘जात्रै जात्रा’ बाट खुबै चर्चा कमाइन् । सो फिल्ममा वर्षाले गरेको अभिनयको तारिफ पनि भयो । चलचित्र ‘दाल भात तरकारी’ मा पनि उनको अभिनय रहेको थियो तर यो फिल्मबाट खासै चर्चा पाइनन् ।

पछिल्लो समय भने वर्षा फिल्मका कारण खासै चर्चामा छैनिन् । गतवर्ष अभिनेता सञ्जोग कोइरालासँग विवाह बन्धनमा बाँधिएकी वर्षा फाटफुट म्युजिक भिडियोमा भने देखिएकी छिन् । तर, फिल्ममा उनी देखिएकी छैनिन् । न त उनले अभिनय गर्ने कुनै फिल्मको नाम सार्वजनिक भएका छन् ।

वर्षाको चर्चा बरु हनिमुन गएका तस्वीरका कारण भएको थियो । तर पछिल्लो समय भने उनको खासै चर्चा हुँदैन । कतिपय हिट फिल्म दिएकी वर्षाको बिहेपछि फ्यान फलोइङ त पक्कै घटेको होइन । तर, किन उनी यतिबेला गुमनाम बनेकी छिन् । त्यो त उनलाई नै थाहा होला

प्रकाशित : २०७६ कार्तिक १३, बुधबार १७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ