कुलमानको समर्थनमा काठमाडौंमा प्रदर्शन, प्रहरीसँग झडपपछि ६ जना पक्राउ


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा राजधानीमा प्रदर्शन गरिएको छ । घिसिङको समर्थनमा शनिबार माइतीघरदेखि बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गरिएको हो ।

सरकारले ठूला उद्योगीहरुलाई विद्युतको बक्यौता छुट दिन खोजेको भन्दै घिसिङका समर्थकहरु सडकमा निस्किएका हुन् ।

प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बब्लु गुप्ता, सोम शर्मा, शिव साउद, हेमराज थापा, मदन बुढा र विजय कँडेल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ श्रावण २६, शनिबार १७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


सम्बन्धित खबर


ताजा अपडेट


ट्रेन्डिङ