हलिउड फिल्ममा सुटिङ गर्दै सलमान खान, भिडिओ लिक भएपछि…


बलिउड अभिनेता सलमान खानले हलिउडमा डेब्यु गर्ने भएका छन् । उनी अर्जेन्टिनी फिल्म ‘सेभेन डग्स’ को रिमेकमार्फत हलिउडमा देखिन लागेका हुन् ।

केही समयदेखि सलमानको हलिउड डेब्यु बारेमा चर्चा चलेको थियो । यसैबीच सुटिङ सेटबाट उनको एउटा भिडिओ लिक भएको छ, जसमा सलमानलाई फिल्मको सेटमा ड्यासिङ अवतारमा देख्न सकिन्छ ।

भारतीय समाचारमाध्यमअनुसार हालै सलमान दुबईमा एक दिनका लागि सुटिङ गरेका थिए, जहाँ मुम्बईको धारावी बस्तीजस्तो विशाल सेट विशेष रूपमा निर्माण गरिएको छ ।

सलमानको भूमिकाबारे खुलेको छैन। तर उनी यस फिल्ममा विशेष भूमिकामा देखिन लागेको बताइएको छ । सलमान खान र सञ्जय दत्त मिल्ने साथी हुन् । दुवैले धेरै थुप्रै चलचित्रमा सँगै काम गरेका छन् ।

अब यी दुई हलिउड फिल्ममा सँगै देखिने विश्वास गरिएको छ । यो थ्रिलर फिल्ममा सलमान र सञ्जयले केमियो भूमिका निर्वाह गर्नेछन् ।

हाल फिल्मको छायांकन साउदी अरबमा भइरहेको छ । भिडिओ लिक भएपछि यो चलचित्रको चर्चा झनै बढेको छ । यस वर्ष फ्यान सलमान खानको बहुप्रतिक्षित फिल्म सिकंदर पनि रिलिज हुँदै छ ।

फिल्ममा उनीसँगै अभिनेत्री रश्मिका मन्डाना देखिनेछिन् । यो फिल्म सन् इदको अवसरमा रिलिज हुनेछ ।

प्रकाशित : २०८१ फाल्गुन ११, आईतवार ०८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ