हमासले इजराइललाई बुझाए चार बन्धकको लाश


काठमाडौं । हमासले चार इजरायली बन्धकको शव (लाश) रेडक्रसको जिम्मा लगाएको छ । एक इजरायली अधिकारीको हवाला दिँदै बीबीसीले यसबारे उल्लेख गरेको छ ।

ती अधिकारीका अनुसार इजरायलले वेस्ट बैंकस्थित ओफर जेलबाट ६०० बढी प्यालेस्टाइनी कैदीलाई रिहा गर्न सुरु गरेको छ । यसलाई युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणको अन्तिम आदान–प्रदान भनिएको छ । जुन शनिबार समाप्त हुँदैछ ।

हमासले जिम्मा लगाएका चार शवको पहिचान पुष्टि गरिएको छैन । यद्यपि, हमासले ८६ वर्षीय श्लोमो मन्सूर, ५० वर्षीय ओहद लाहलोमी, त्साची इदान र ६९ वर्षीय इत्जिक एल्गारट रहेको जिकिर गरेको छ ।

यी सबैलाई २०२३ अक्टुवर ७ को आक्रमण दौरान हमासले राखेको थियो । इजरायलले बन्धक हस्तान्तरण अपमानजनक भन्दै विरोध गरेर कैदी रिहाइमा ढिलाई गरेको बताइँदै छ ।

हमास वुधबार मात्रै विना कुनै समारोह शव हस्तान्तरणमा सहमत भएसँगै ६०० कैदी बन्दी रिहाइको बाटो खुलेको इजरायली अधिकारीले बताएका छन् । गाजा सीमामा परिवारसहित चार शवको पहिचान संवेदनशील ढंगले चाँडो गरिने अधिकारीहरुको भनाइ छ ।

प्रकाशित : 27 February 2025 7:51 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !