मलद्वारमा लुकाएको साढे तीन किलो सुन बरामद, दुबईबाट आएका चार जना पक्राउ


काठमाडौं । दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन् ।

फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एएसपी सोमेन्द्र सिंह राठौंरले जानकारी दिए ।

चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरुलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ गरेको हो । उनीहरुले मलद्वारामा सुन लुकाएर ल्याएको एसएसपी राठौंरको भनाइ छ ।

पक्राउ परेका चारै जनालाई अहिले गौशाला प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : 27 February 2025 11:08 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !