‘लाज शरणम्’ले पहिलो दिनकै कमाई १ करोड १० लाख


काठमाडौं । शिवरात्रीको अवसरमा प्रदर्शन भएको फिल्म ‘लाज शरणम्’ले आक्रामक ओपनिङ गरेको छ । यस फिल्मले पहिलो दिन १ करोड १० लाख ग्रस कलेक्सन गरेको हो ।

फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेलले फिल्मको ओपनिङबारे जानकारी दिए । बुधबारजस्तै बिहिबार पनि फिल्ममा दर्शकहरुको राम्रो साथ रहेको उनले बताए ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन्।

यस फिल्ममा कुमार र सीतारामसहित विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।

रिलिजअघि नै ‘लाज शरणम्’ को १५ लाख मूल्य बराबरको अग्रिम टिकट बिक्री भएको थियो। बुधबारनै रिलिज भएका ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ले भने कलेक्सन सार्वजनिक गरिसकेका छैनन् ।

प्रकाशित : 27 February 2025 5:28 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !