बसभित्र युवती बलात्कार गर्ने युवक पक्राउ, खटेको थियो प्रहरीको १३ टोली


काठमाडौं । भारतीय प्रान्त महाराष्ट्रको पुणेमा बसभित्र युवतीलाई बलात्कार गरिएको घटनाका मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंगलबार पुणेस्थित बसपार्कमा बस कुरिरहेकी २६ वर्षीया युवतीलाई एक व्यक्तिले बसभित्र लगी बलात्कार गरेका थिए । सो घटना अनुसन्धानका क्रममा पुणे प्रहरीले बिहीबार राति दत्तात्रेय रामदास गडेलाई शिरुर तहसिलको एक गाउँबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडित युवती मंगलबार पुणेबाट सतारा जिल्लाको फलटन जान बस खोज्दै थिइन् । बिहान करिब ५:४५ बजे उनी स्वारगेट बसपार्कमा बसको प्रतीक्षामा थिइन् ।

त्यही बेला गडेले उनलाई मीठा कुरा गर्दै युवतीलाई विश्वासमा पारे र ‘फलटन जाने बस यहाँ होइन, अर्कै ठाउँमा पाइन्छ’ भनेर डिपोभित्रको एउटा खाली बसमा लगी बलात्कार गरे । त्यसपछि फरार उनलाई खोज्न पुणे प्रहरीले १३ टोली खटाएको थियो ।

राज्य महिला आयोगकी अध्यक्ष रुपाली चाकणकरका अनुसार अभियुक्तको पहिचान सीसीटीभी फुटेजबाट गरिएको हो । पुणेमा काम गर्ने पीडित युवतीले साथीको सल्लाहमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रकाशित : 28 February 2025 6:11 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !